+
+
Shares

पार्टी संस्थागत निर्णय नमान्ने नेताहरू नोटिसमा छन्, विचार गरिन्छ : भानुभक्त ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १६:४६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेतृत्वको विरोध नगरी नेता भइन्न भन्ने मानसिकता त्याग्न निर्देशन दिएका छन्।
  • ढकालले जनसंगठनका पदाधिकारीहरूलाई पार्टीको संस्थागत निर्णय नमान्नेहरू नोटिसमा रहेको जानकारी दिएका छन्।
  • ढकालले पार्टीको महाधिवेशनबाट पारित विधानबारे टिप्पणी नगर्न चेतावनी दिएका छन्।

२६ असार, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेतृत्वको विरोध नगरी नेता भइन्न भन्ने मानसिकता त्याग्न निर्देशन दिएका छन् ।

जनसंगठनहरूका पदाधिकारी भेला राखेर ढकालले संस्थागत निर्णय नमान्नेहरू नोटिसमा रहेको जानकारी पनि दिए ।

‘पार्टीका नीति, विधिमाथि तलबितल गरियो भने मात्र नेता होइन्छ भन्ने सोचाइ त्याग्नुस्,’ ढकालको निर्देशन छ, ‘पार्टीको संस्थागत निर्णय नमान्दा हुन्छ भन्ने मानसिकता केही संगठनका पदाधिकारीमा देखिन्छ । यस्तो प्रवृत्ति पार्टीको नोटिसमा छ ।’

पार्टीको महाधिवेशनबाट पारित भएको विधानबारे टिप्पणी नगर्न ढकालको चेतावनी थियो ।

‘कसरी नेतृत्वलाई अप्ठ्यारो पार्न सकिन्छ भनेर बोल्ने नेताहरूबारे विचार गरिन्छ, नोटिस गरिएको छ,’ ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?