+
+
Shares

रजनीकान्तको ‘कुली यसवर्षकै बहुप्रतीक्षित भारतीय फिल्म, हेर्नुस टपटेन आइएमडीबी सूची

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइएमडीबीले जुलाईदेखि डिसेम्बर २०२५ सम्मका शीर्ष १० भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ।
  • सूचीको शीर्षस्थानमा आमिर खान, रजनीकान्त र नागार्जुना अक्किनेनी अभिनित 'कूली' रहेको छ।
  • सूचीमा ऋतिक रोशन अभिनित 'वार २', प्रभास स्टारर 'द राजा साब', र आलिया भट्ट अभिनित 'अल्फा' पनि छन्।

काठमाडौं । विश्व फिल्मको चर्चित डेटाबेस वेबसाइट ‘आइएमडीबी’ले जुलाईदेखि डिसेम्बर २०२५ सम्मका बहुप्रतीक्षित शीर्ष १० भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ ।

सूचीको शीर्षस्थानमा आमिर खान, रजनीकान्त र नागार्जुना अक्किनेनीको अभिनय रहेको ‘कूली’ छ । लोकेश कानगराज निर्देशित फिल्मले बाल्यकालदेखि नै बदला लिनको लागि संघर्षरत एक पात्रको कथा भन्छ ।

सूचीको दोस्रो स्थानमा ऋतिक रोशन, जुनियर एनटीआर र कियारा आडवाणी अभिनित एक्सन थ्रीलर ‘वार २’ छ ।

तेस्रो स्थानमा प्रभास स्टारर ‘द राजा साब’ छ । चौंथोमा शान्या कपुर र विक्रान्त मेस्सीको फिल्म ‘आँखो कि गुस्ताकियाँ’ छ ।

पाँचौमा मोहित सुरी निर्देशित ‘सैयारा’ छ भने छैटौंमा टाइगर श्राफको ‘बागी ४’ छ । सातौं स्थानमा अजय देवगणको ‘सन अफ सरदार’, आठौंमा मोहनलाल र माल्भिका मोहननको फिल्म ‘हृदयपूर्वम’को छ ।

नवौंमा आश्विन कुमार निर्देशित ‘महावतार नरसिंहा’ छ भने दशौंमा आलिया भट्ट अभिनित ‘अल्फा’ छ ।

फ्यानको पेज भिजिटको आधारमा आइएमडीबीले वर्षेनी लोकप्रिय र प्रतीक्षित फिल्मको सूची सार्वजनिक गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?