+
+
Shares

वर्ल्ड सुप्रिमेसी ब्याटलग्राउन्डमा नेपालका तीन नृत्य समूह सहभागी हुँदै

पहिलोपटक अन्तर्राष्ट्रिय खुला नृत्य प्रतियोगिताका लागि नेपाली समूह पनि छनोट भएकाले यसलाई महत्वका साथ हेरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १२:४५

२७ असार, काठमाडौं । ‘वर्ल्ड अफ डान्स नेपाल’को पहिलो संस्करणमा विजयी तीन समूहले दुबईमा हुने ‘वर्ल्ड सुप्रिमेसी ब्याटलग्राउन्ड २०२५’ मा सहभागिता जनाउने भएका छन् ।

दुबईमा हुन लागेको अन्तर्राष्ट्रिय स्तरको नृत्य प्रतियोगिता ‘वर्ल्ड सुप्रिमेसी ब्याटलग्राउन्डमा २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै ‘द ब्रेभ गोर्खा’, ’क्रिएटर्स क्रू’ र ’एनडीए क्रू’ सहभागी हुन लागेका हुन् । विश्वभरका उत्कृष्ट ५० नृत्य समूहबीच प्रतियोगितामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा अमेरिका, जर्मनी, यूएई, न्युजिल्यान्ड, अष्ट्रेलिया, भारत, घाना, फिलिपिन्स, टोंगा, दक्षिण अफ्रिका, जिम्बाब्वेसहितका देशबाट प्रतिनिधित्व गर्ने नृत्य समूहहरु पनि सहभागी हुँदैछन् ।

पहिलोपटक अन्तर्राष्ट्रिय खुला नृत्य प्रतियोगिताका लागि नेपाली समूह पनि छनोट भएकाले यसलाई महत्वका साथ हेरिएको छ ।

भोलि शनिबार र आइतबार दुबईमा हुने प्रतियोगिताका लागि नेपाली समूह यूएई पुगिसकेको वर्ल्ड अफ डान्स नेपालका डाइरेक्टर रोशन गहतराजले जानकारी दिए ।

नेपाली टोलीको नेतृत्व निर्देशक गहतराज र क्रियटिभ डाइरेक्टर जेडी तमूले गरिरहेका छन् । प्रतियोगितापछि नेपाली नृत्य क्षेत्रमा अन्तर्राष्ट्रिय पहुँच र अनुभव थपिने विश्वास गरिएको छ ।

‘नेपालका युवा नृत्य समूहले अन्तर्राष्ट्रिय मञ्चमा देखाउने प्रस्तुति सिंगो मुलुकको सांस्कृतिक पहिचान र क्षमताको प्रतीक हुनेछ’, क्रियटिभ डाइरेक्टर तमूले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?