
प्रतिकात्मक/फाइल फोटो
News Summary
Generated by OK AI. Editorially reviewed.- झापाको बिर्तामोड नगरपालिका–१ बिर्तासिटी अस्पताल नजिकै टोकला चिया उद्योगमा विद्युत शट भएर आगलागी भएको छ।
- जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, आगलागीमा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
- गौरादह नगरपालिका–२ दलुमा पनि विद्युत शट भएर आगलागी हुँदा करिब ६ लाख १९ हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
३० असार, झापा । झापाको बिर्तामोड नगरपालिका–१ बिर्तासिटी अस्पताल नजिकै रहेको टोकला चिया उद्योगमा आगलागी भएको छ ।
उद्योगको जेनेरेटर कोठामा विद्युत शट भएर आइतबार बेलुकी आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, आगलगाीमा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आइतबार राति नै गौरादह नगरपालिका–२ दलुमा पनि आगलगाी भएको छ । टंकप्रसाद पौडेलको ग्वालीमा विद्युत शट भई आगलागी हुँदा करिब ६ लाख १९ हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4