
३० असार, काठमाडौं । काठमाडौं र ललितपुरको वेग्लावेग्लै दुई सथानमा आइतबार चोरी भएको छ । प्रहरीका अनुसार, काठमाडौं महानगरपालिका–२६ कपुरधारास्थित कुमारी बस्तीमा नगद र मोबाइल चोरी भएको छ ।
स्थानीय ३४ वर्षीय उजिवप्रसाद प्रधानको घरबाट नगद र मोबाइल ३ वटा गरी करिब २ लाख २३ हजार रूपैयाँ बराबरको सामग्री चोरी भएको हो ।
यस्तै, ललितपुर महानगरपालिका–२३, धापाखेल डेरा गरी बस्ने कैलाली घर भएकी देबकी भट्टको कोठाबाट समेत सुनका गहना चोरी भएको छ ।
प्रहरीका अनुसार, २ तोला बराबरको सुनका गहना गरी करिब ३ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्नको खोजी गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4