+
+
Shares

रसुवा बाढीमा फसेका ३५ गाडी स्थानान्तरण

कार्यालयका अनुसार अहिलेसम्म ९ सय ३० जनालाई पैदलमार्ग मार्फत उद्धार गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १८:३५
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीमा फसेका ३५ युनिट गाडी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
  • जिल्ला प्रशासन कार्यालय रसुवाले ९ सय ३० जनालाई पैदलमार्गबाट र ५५ जनालाई सुरक्षा फौजले उद्धार गरेको छ।
  • विभिन्न निजी हेलिकप्टरले ४४ उद्धार उडान गरी १ सय ७७ जनाको उद्धार गरेको कार्यालयले जनाएको छ।

३० असार, काठमाडौं । रसुवा बाढीमा फसेका ३५ युनिट गाडी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार टिमुरे यार्डमा फसेका ११ युनिट विद्युतीय गाडी (ईभी) निकालेर सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

मालवाहक ट्रक/कन्टेनर २२ वटा निकालिएको छ । जसमध्ये एउटा खाली थियो । हेभी इक्विपमेन्टतर्फ २ वटा स्थानान्तरण गरिएको कार्यालयले जनाएको छ । अघिल्लो साता आएको बाढीले रसुवा भन्सारमा ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ ।

कार्यालयका अनुसार अहिलेसम्म ९ सय ३० जनालाई पैदलमार्ग मार्फत उद्धार गरिएको छ । आपतकालीन तथा जोखिमयुक्त क्षेत्रमा फसेका ५५ जनाको भने सुरक्षा फौजले तत्काल उद्धार गरेका थिए ।

यस अवधिमा विभिन्न निजी हेलिकप्टरका ४४ उद्धार उडान भएका छन् । जसले ४६ स्वदेशी र १ सय ३१ विदेशी गरी कूल १ सय ७७ जनाको उद्धार गरेको कार्यालयको तथ्यांक छ । यसरी कुल १ हजार १ सय ६२ जनाको उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?