
अफिमको फाइल तस्वीर
३१ असार, काठमाडौं । बाँकेको कोहलपुरमा प्रहरीले नक्कली नोट र लागुऔषधसहित एक जना पक्राउ पक्राउ छन् । पक्राउ पर्नेमा जनगर्जन नेटवर्क प्रा.लि. अध्यक्ष एवं सञ्चालक मनबहादुर सहकारी देउवा छन् ।
उनलाई इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, मंगलबार विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनलाई यो कम्पनी अन्तरगत चलेको जनगर्जन अनलाइनको कार्यालयबाटै पक्राउ गरेको हो ।
कोहलपुरकी डीएसपी लक्ष्मी खनालका अनुसार, देउवाको साथबाट एक हजार दरका ५१ वटा नक्कली नोट र १९ किलो ३३५ ग्राम अफिम बरामद भएको छ ।
कार्यालयबाट प्रहरी रंगिन प्रिन्टर, मोनिटर, सिपीयूलगायत समेत बरामद गरेको छ । सोधपुछका लागि कार्यालयका अर्का एक कर्मचारीलाई समेत प्रहरीले नियन्त्रणमा लिए पनि संलग्नता नदेखिएकाले छाड्ने तयारी रहेको बताइएको छ ।
थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4