+
+
Shares

१ हजार दरका नयाँ नोटको चित्र र आकार स्वीकृत, पौडेलको हस्ताक्षर हुने

छपाइमा जान अझै ६ महिनासम्म लाग्ने भएकाले नयाँ नोटमा हस्ताक्षर गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको नै हुने ती अधिकारीको भनाइ छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १६:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकले प्रस्ताव गरेको १ हजार रुपैयाँ दरका नयाँ नोटका चित्र र आकार स्वीकृत गरेको छ।
  • राष्ट्र बैंकले नयाँ नोट छपाइका लागि डिजाइन र आकार तयार गरी अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाएको थियो।
  • नयाँ नोट छपाइमा अझै ६ महिनासम्म लाग्ने र हस्ताक्षर गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको नै हुने राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन्।

३२ असार, काठमाडौं । सरकाले १ हजार रुपैयाँ दरका नयाँ नोटका लागि चित्र र आकार स्वीकृत गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकले गरेको प्रस्तावित चित्र र आकार स्वीकृत गरेको हो ।

राष्ट्र बैंकले १ हजार दरका नयाँ नोट छपाइ गर्ने तयारी अनुसार प्रक्रिया अघि बढाएको हो । त्यसका लागि केन्द्रीय बैंकले डिजाइन र आकार तयार गरी अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषद् पठाएको थियो ।

उक्त प्रस्तावलाई सरकारले स्वीकृत गरेको हो । १ हजार रुपैयाँ दरका नोट कति संख्यामा छाप्ने भन्ने यकिन गर्न समय लाग्ने केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् ।

छपाइमा जान अझै ६ महिनासम्म लाग्ने भएकाले नयाँ नोटमा हस्ताक्षर गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको नै हुने ती अधिकारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?