
News Summary
Generated by OK AI. Editorially reviewed.- दाङमा दुई दिवसीय नाट्य सङ्गोष्ठी नेपाल प्रज्ञाप्रतिष्ठानको सहकार्यमा पहल नेपाल र शैली थिएटरले असार २८ र २९ गते आयोजना गरेका थिए।
- सङ्गोष्ठीमा दाङका नाट्य लेखन तथा मञ्चनका प्रारम्भकर्ताहरूलाई सम्मान गरिएको थियो र विभिन्न नाटक प्रदर्शन भएका थिए।
- दोस्रो दिन नाट्य संवाद सत्रमा ऋषिराज जंगली, डा. गोविन्द आचार्य र उत्तमकृष्ण मज्गगैयाँसँग संवाद गरिएको थियो।
काठमाडौं । दाङको नाटक परम्परालाई पुनर्जागृत गर्ने र थिएटर स्थापना गर्ने संकल्पसहित दाङमा दुई दिवसीय नाट्य सङ्गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको सहकार्यमा पहल नेपाल र शैली थिएटरले असार २८ र २९ गते दाङको घोराहीमा नाट्य सङ्गोष्ठी आयोजना गरेको थियो ।
संगोष्ठीको पहिलो दिन दाङमा नाट्य लेखन तथा मञ्चन परम्पराका प्रारम्भकर्ता नारायणप्रसाद शर्मा, एकराज शर्मा, कमलापति बस्याल, रामचन्द्र गुप्ता, पुरुषोत्तम खनाल, ऋषिराज जंगली, उत्तमकृष्ण मजगैयाँ, गोबिन्दराज श्रेष्ठ, मिठ्ठु श्रेष्ठ विल्सन, कृष्णा गौतम लम्साल, विश्वमा गौतम भण्डारी र इन्द्रबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।
दोस्रो सत्रमा नाट्यकर्मीहरू नारायण योगी, कर्ण प्रिय धिताल, तुलसीराम बस्याल, हिन्दु विद्यापीठ, सभ्यता पाठशालाले नाटक प्रदर्शन गरेका थिए ।
दोस्रो दिनको पहिलो सत्रमामा दाङमा नाटक शीर्षकमा नाट्यकर्मी ऋषिराज जंगली, लोकसंस्कृतिविद् डा. गोविन्द आचार्य, साहित्यकार उत्तमकृष्ण मज्गगैयाँसँग संवाद गरिएको थियो । नाट्य संवाद सत्रको सहजीकरण संगोष्ठीका संयोजक केएल बुढाथोकीले गरेका थिए ।
संगोष्ठीमा डा. टिकाराम उदासीले दाङमा लेखन र मञ्चन: एक प्रारम्भिक सर्वेक्षण शीर्षकको आधारपत्र प्रस्तुत गरेका थिए । आधारपत्रमाथि डा. सुदीप गौतम र केबी चौधरीले टिप्पणी गर्नु गरेका थिए ।
प्रतिक्रिया 4