+
+
Shares

रिलायन्स स्पिनिङ मिल्सलाई सरकारको ‘सीआईपी’ सम्मान

रिलायन्स स्पिनिङ मिल्सले गत आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४९ करोड रुपैयाँको निर्यात गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १९:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले यस वर्षको महत्त्वपूर्ण वर्ष व्यक्ति (सीआईपी) का रूपमा रिलायन्स स्पिनिङ मिल्सलाई सम्मानित गरेको छ।
  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रिलायन्सका नेतृत्वकर्ता अक्षय गोल्यानलाई सम्मान प्रदान गरेका छन्।
  • रिलायन्स स्पिनिङ मिल्सले गत आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४९ करोड रुपैयाँको निर्यात गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ।

३२ असार, काठमाडौं । सरकारले यस वर्षको महत्त्वपूर्ण वर्ष व्यक्ति (सीआईपी) का रूपमा रिलायन्स स्पिनिङ मिल्सलाई सम्मानित गरेको  छ । भारततर्फ निर्यात गरेर सबैभन्दा बढी रकम आर्जन गरेको आधारमा रिलायन्सलाई सरकारले सम्मान गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रिलायन्सका नेतृत्वकर्ता अक्षय गोल्यानलाई सम्मान प्रदान गरे ।

रिलायन्स स्पिनिङ मिल्सले गत आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४९ करोड रुपैयाँको निर्यात गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । केन्द्रले राष्ट्रिय अर्थतन्त्रमा उद्योग तथा वाणिज्य क्षेत्रमा योगदान बढाउन यस क्षेत्रमा संलग्न उत्कृष्ट व्यवसायीहरूलाई सम्मान र कदर गरेको हो ।

रिलायन्स स्पिनिङ मिल्सले यसअघि विभिन्न सम्मान तथा अवार्ड पाउँदै आएको छ । २०८१ पुसमा मात्रै रिलायन्स स्पिनिङ मिल्स उत्कृष्ट रोजगारदाता उद्योगका रूपमा सम्मानित भएको थियो । गत आव २०८०/८१ मा सबैभन्दा धेरैलाई रोजगारी दिएर योगदान गरेको भन्दै नेपाल समुद्रपार निकासी पैठारी संघले रिलायन्सलाई सम्मानित गरेको थियो । यसबाहेक रिलायन्स अन्य थुप्रै निकायबाट सम्मानित हुँदै आएको छ ।

३६ वर्षीय अक्षय गोल्यानको नेतृत्वमा रहेको रिलायन्स स्पिनिङ मिल्स आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । १२ वर्षभन्दा लामो समयदेखि गोल्यान ग्रुपको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका अक्षयले विभिन्न कम्पनीको नेतृत्व गरिरहेका छन् ।

अक्षयले कृषि, होटल, ऊर्जा, उत्पादन (म्यानुफ्याक्चरिङ) लगायत उद्योगमा नेतृत्व सम्हाल्दै आएका छन् । उनले रिलायन्स स्पिनिङ मिल्स, गोल्यान पावर, गोल्यान होटल्स, पाँचतारे ह्यात सेन्ट्रिक काठमाडौं लगायतको नेतृत्व गर्दै आइरहेका छन् । साथै, प्योर इनर्जीको अध्यक्षको भूमिकामा समेत रहेका अक्षय जैविक र प्राकृतिक उत्पादन उपलब्ध गराउने ‘माटो’ मा निर्देशकको भूमिकामा छन् ।

रिलायन्सको पाँच वर्षको निर्यात, कारोबार र उत्पादन अवस्था

रिलायन्स स्पिनिङ मिल्सले आव २०७६/७७ मा ४ अर्ब ५३ करोड, २०७७/७८ मा ५ अर्ब ६४ करोड, २०७८/७९ मा ७ अर्ब ३० करोड, २०७९/८० मा ७ अर्ब २४ करोड र २०८०/८१ मा ६ अर्ब ७४ करोडको निर्यात गरेको थियो ।

रिलायन्सले पछिल्लो पाँच वर्षमा ४२ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ । आव २०७६/७७ मा ६ अर्ब १२ करोड, २०७७/७८ मा ७ अर्ब ६२ करोड, २०७८/७९ मा ९ अर्ब ८९ करोड, २०७९/८० मा ९ अर्ब ५१ करोड र २०८०/८१ मा ८ अर्ब ६६ करोड बराबर कारोबार गरेको थियो ।

त्यसैगरी रिलायन्सको उत्पादन क्षमता पनि पछिल्लो पाँच वर्षमा क्रमशः बढ्दै गएको छ । आव २०७६/७७ मा २२ हजार ४ सय ४ टन उत्पादन गरेको रिलायन्सले २०७७/७८ मा २८ हजार ५ सय १७ टन, २०७८/७९ मा २९ हजार ३ सय ४१ टन, २०७९/८० मा ३२ हजार २ सय ९५ र २०८०/८१ मा ३० हजार ९ सय ३१ टन उत्पादन गरेको थियो ।

उत्कृष्ट रोजगारदाता रिलायन्स

आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो छुट्टै पहिचान बनाएको रिलायन्स स्पिनिङ मिल्स उत्कृष्ट उद्योगमात्र नभएर उत्कृष्ट रोजगारदाता समेत हो । विरासत बोकेको यस उद्योगमा ४ हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् । रिलायन्समा आबद्ध जनशक्तिलाई उद्योग परिसरमै आवासीय सुविधा समेत उपलब्ध गराइएको छ ।

कम्पनीमा स्थापनाकालदेखि अहिलेसम्म बन्द, हडताल भएको रेकर्ड छैन । यसबाट यस उद्योग जनशक्तिहरूको रुचाइको उद्योग समेत बन्न सफल भएको देखाउँछ ।

उद्योग परिसरमै कर्मचारीका लागि सुविधा सम्पन्न ‘लेबर कोलोनी, खेल मैदान, आधुनिक क्यान्टिन, एम्बुलेन्स सहित विशेषज्ञ डाक्टरको सुविधा पनि उपलब्ध छ । महिलाका लागि स्तनपान कक्ष, बालबालिकाका लागि डे केयर सेन्टर र कर्मचारीका छोराछोरीका लागि कक्षा १२ सम्म अध्ययनको व्यवस्था पनि दिँदै आएको छ । कर्मचारीको मानसिक स्वास्थ्य ध्यान दिँदै रिलायन्सले मनोसामाजिक परामर्श पनि दिने गरेको छ ।

रिलायन्स २०५४ सालमा स्थापना भएको यस उद्योग नेपालकै सबैभन्दा ठूलो स्पिनिङ उद्योग हो । यस उद्योगले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ । स्थापनाको २७ वर्षसम्म रिलायन्समा १५ अर्ब रुपैयाँ लगानी पुगिसकेको छ ।

सुरुवातमा ९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको यस उद्योगले हालसम्म कुल १ लाख २ हजार ८ सय २४ स्पिन्डल (७९ हजार ८ सय २४ रिङ स्पिन्डल र २ हजार ४ सय भर्टेक्स स्पिन्डल, जुन ४८ हजार रिङ स्पिन्डल बराबर) को जडित क्षमता सहित सञ्चालन भइरहेको छ ।

यस क्षमताले प्रतिवर्ष ४८ हजार ९ सय ६० टन उत्पादन गर्ने क्षमता राख्दछ भने प्रतिदिन १ सय ३६ टन उत्पादन गर्न सक्छ । यसमा ओपन–एन्ड प्लान्टको उत्पादन समेत समावेश गरिएको छ ।

सुनसरी खनार र दुहबीमा रहेका दुई उत्पादन केन्द्र रहेको यस उद्योगले नेपालको धागोको माग पूर्ति गर्दै भारत, टर्की लगायत थुप्रै देशमा निर्यात गर्दै आएको छ । यस उद्योगले ऊन (उल) धागो, सूति (कटन) धागो, पोलिस्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?