+
+
Shares

प्रचण्डको आरोप : सरकार देशलाई असफल बनाउनेतर्फ अग्रसर छ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १३:०७

१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार देशलाई नै असफल बनाउने दिशातर्फ अगाडि बढेको आरोप लगाएका छन् ।

बिहीवार ललितपुरमा ‘श्रम उत्पादनमा वाईसीएल अभियान’ को शुभारम्भ गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सुशासनका विरुद्ध खडा भएको यो सरकार सम्पूर्ण रूपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको छ ।’

प्रतिपक्षले खबरदारी गर्दागर्दै पनि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त हुने र जनभावना विपरीत गए सरकारको प्रतिवाद सडकबाट गर्ने चेतावनी उनले दिए ।

उनले थपे, ‘अहिलेको सरकार जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार बाहेक केही पनि छैन ।’

प्रचण्डले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा रहेको बताए ।

‘देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा छ,’ उनले भने ।

प्रचण्डले थपे,  ‘हामी सबैले जनतासँग राम्रो सम्बन्ध बढाएर श्रम र उत्पादन कार्यमा आफ्नो उत्पादनलाई जोडेर सुशासनको पक्षमा, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा हामी लाग्नुपर्छ ।’

उनले युवालाई संगठित गरेर मात्रै परिवर्तन उल्ट्याउनेहरू विरुद्ध सफलता हात पार्नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?