+
+
Shares

बूढानीलकण्ठ युवक हत्या प्रकरण : योजनाकार सहित २ जना कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १९:०७
बाबु लामा भनिने हिरालाल मोक्तान

१ साउन, काठमाडौं । जन्मदिन मनाउन भन्दै बोलाएर कृष्णबहादुर लामाको हत्या गरेको आरोपमा पक्राउ परेका दुई जना कारागार चलान भएका छन् ।

कारागार चलान हुनेहरूमा मुख्य योजनाकार बाबु लामा भनिने हिरालाल मोक्तान र विकास लामा लो छन् ।

सुकान्त लामा र निशान लामा भने जनही एक एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको बिहीवारको इजलासले उनीहरुलाई पुर्पक्ष र धरौटी माग गरेको हो ।

बाबुले ६ असारमा कृष्णलाई आफ्नो भान्जीको जन्मदिन मनाउन भन्दै बूढानीलकण्ठ बोलाएर कुटपिट गरी हत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?