+
+
Shares

जुवातास खेलेको आरोपमा १३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले चन्द्रागिरि नगरपालिका–११ स्थित मकवानपुर थाहा नगरपालिका–११ घर भएका साइला गोलेको कोठामा जुवातास खेलेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ।
  • पक्राउ परेकाहरूलाई प्रहरीले नगद १ लाख २८ हजार २ सय ६५ रूपैयाँ र ३ बुक तास सहित नियन्त्रणमा लिएको छ।

२ साउन, काठमाडौं । जुवातास खेलेको आरोपमा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रागिरि नगरपालिका–११ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका–११ घर भएका ४२ वर्षीय साइला गोलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका हुन् ।

साइला समेत १३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २८ हजार २ सय ६५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?