+
+
Shares

चाइनिज पेस्तोलसहित २ युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–८ बाट चाइनिज पेस्तोल, म्याग्जिन, गोली र जरायोको सिङ सहित दुई युवक पक्राउ परेका छन्।
  • जिल्ला प्रहरी कार्यालय सुर्खेतले २३ वर्षीय बिधान शाही र २२ वर्षीय आदित्य घिमिरेलाई नियन्त्रित लागुऔषध ट्रामाडोल र नाइट्राजेपामसहित पक्राउ गरेको छ।
  • पक्राउ परेका व्यक्तिहरूको घर तलासी गर्दा उक्त हातहतियार र लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

२ साउन, काठमाडौं । चाइनिज पेस्तोल र जरायोको सिङ सहित दुई युवक पक्राउ परेका छन् ।

सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–८ बाट चाइनिज पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १२ राउन्ड, जरायोको सिङ १ थान बरामद भएको हो ।

यसका साथै नियन्त्रित लागुऔषध ट्रामाडोल ८ सय ६० ट्याब्लेट र नाइट्राजेपाम ४ सय ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय बिधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले विधानको घर तलासी गर्दा उक्त हातहतियार र लागुऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?