+
+
Shares

अंगालोमा बाँधिए माधव-झलनाथ-बामदेव (तस्वीरहरू)

राष्ट्रिय सभा गृहमा फुटेर पनि जुटेका नेताका यी दृश्य देखिइरहँदा आफ्नो पुरानो पार्टी एमालेभित्रको आन्तरिक संघर्ष भने जटिल बन्दै गएको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ साउन २ गते १५:५०

२ असार, काठमाडौं । नेकपा एमालेभित्रको राजनीति अन्तरसंघर्षले तरंगित भइरहँदा सोही पार्टीको नेतृत्व तहमा लामो समय बिताएका तीन नेता भने बिहीबार एकाएक अंगालोमा बाँधिए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम नेतृत्वको पार्टीबीच काठमाडौंमा आयोजित एकता घोषणा कार्यक्रममा यस्तो दृश्य देखिएको हो ।

एकता सभामा नेता गौतमले आफू यो पार्टीमा आउन ४ वर्ष लागेकोदेखि ४ वर्षअघि नै आएको भए समाजवादको अभियान नै सुरु भइसक्नेसम्मको दाबी गरे ।

तर, त्योभन्दा रोचक दृश्य भने उनले बोलेर मञ्चमा फर्किंदा देखियो । नेता गौतमलाई मञ्चमा बसेका नेताहरू माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतले स्वागतका लागि खादामाला लिएर बसेका थिए ।

गौतम आइपुगे । सिधै अध्यक्ष नेपालले स्वागत गरे । अंगालोमा बाँधिए । हलमा ताली बज्यो । नेताहरू हँसमुख देखिए ।

सम्बोधनको अधिकांश समय नेता गौतमले कम्युनिष्ट पार्टी एकता, समाजवाद निर्माण र आफ्नो उद्देश्य बारे चर्चा गरे ।

जसलाई हलले गडगडाहट तालीले स्वागत गरेको छ । राष्ट्रिय सभा गृहमा फुटेर पनि जुटेका नेताका यी दृश्य देखिइरहँदा आफ्नो पुरानो पार्टी एमालेभित्रको आन्तरिक संघर्ष भने जटिल बन्दै गएको छ ।

संयोग नै मानौं, यता नेताहरू जुटिरहँदा च्यासलमा नेकपा एमालेभित्र भावी नेतृत्व लगायतका विषयलाई लिएर विवाद चर्किइरहेको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत १४ चैतमा गरेको राजनीतिक घोषणाको विषय एमालेमा पेचिलो बनिरहँदा यी तीन नेताहरूबीच यता एकता भएको हो ।

जसलाई एमाले र एकीकृत समाजवादीका दोस्रोदेखि तेस्रो पुस्ताका नेताहरूले अर्थपूर्ण रूपमा लिएका छन् ।

त्यसैले सो पार्टीका महासचिव घनश्याम भुसालले माधव, झलनाथ र बामदेवको अंगालो देखेपछि लगत्तै भनेका होलान्, ‘अप्ठेरो बेलामा साथीभाइ जोडिनु, छरछिमेकमा असजिलो हुँदा सरसहयोग हुनु कति महत्त्वपूर्ण हुन्छ, यो त मुलुकको क्रान्तिकारी आन्दोलनको प्रश्न हो ।’

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?