
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय मातहत १ सय २० ठेक्का एक वर्ष अवधिमा तोडेको छ।
- मन्त्रालयका सचिव केशवकुमार शर्माले ५ सय ८६ ठेक्कामध्ये १ सय २० तोडिएको र १ सय ५१ ठेक्काको समाधान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
२ साउन, काठमाडौं । सरकारले भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय मातहत १ सय २० ठेक्का एक वर्ष अवधिमा तोडेको छ ।
मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार भौतिक मन्त्रालयले रुग्ण ठेक्का अध्ययनबाट ५ सय ८६ ठेक्कालाई रुग्ण पहिचान गरेको थियो । यसमध्ये १ सय २० ठेक्का तोडिएको छ ।
त्यस्तै १ सय ५१ रुग्ण ठेक्काको समस्याको प्रकृति अनुसार समाधानको प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।
उनका अनुसार बाँकी रुग्ण ठेक्काको उचित निकासका लागि थप अध्ययन भइरहेको समेत उनले जानकारी दिए ।
‘सरकारले ठेक्कै तोड्दैन भन्ने गरिन्छ,’ शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले १ सय २० ठेक्का यस वर्ष तोडेका छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4