+
+
Shares

एमाले पोलिटब्युरो बैठक बस्दै, विधान मस्यौदामाथि छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३ गते ९:००

३ साउन, काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ ।  शुक्रबार स्थगित भएको बैठक आज बस्न लागेको हो ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।  आजको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल हुनेछ ।

शुक्रबार सात जनाले मस्यौदामाथि धारणा राखेका थिए । किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले आफ्नो कुरा राखेका थिए । बाँकीले आजको बैठकमा धारणा राख्नेछन् ।

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयले पनि प्रवेश पाएको छ । सदस्यहरुले भण्डारीको राजनीतिमा फर्किने निर्णय, ७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्थालगायतका विषयमाथि धारणा राख्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?