+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

काठमाडौंका सडकमा मध्यराति खानेपानीमन्त्री यादवको छड्के

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते २३:५२

४ साउन, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंका विभिन्न खानेपानी पाइपलाइनमा भइरहेको कामको अनुगमन गरेका छन् ।

उपत्यकावासीका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामलाई प्रभावकारी बनाउने भनेर उनी अनुगमनमा निस्किएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्ण शम्शेर सडकसम्मका क्षेत्रमा मेलम्ची खानेपानीको पाइपलाइन बिच्छाइएको छ । ती स्थलहरूमा छड्के अनुगमन गर्दै उनले कामको अवस्थाबारे बुझेका हुन् ।

सोमबार साझ क्याबिनेट बैठक लगत्तै उनी अनुगमनमा निस्किएका हुन् ।

मन्त्री यादवले अहिले राति खानेपानी मन्त्रालय मातहतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) द्धारा बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्ण शम्शेर सडकका क्षेत्रमा मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतको पाइपलाइन बिच्छाइएको क्षेत्रमा भए गरेका कामहरुका बारेमा प्रत्यक्ष रुपमा जानकारी लिन अनुगमन तथा निरीक्षण गरे ।

अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले पाइपलाइन बिच्छाइएको क्षेत्रमा तत्काल पाइप परिक्षण कार्य सम्पन्न गरी मेलम्चीको पानी वितरण गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन पनि दिए ।

बालुवाटारस्थित प्रधानमन्त्री निवास तथा आसपासका क्षेत्रहरूमा मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गत बिच्छाइएको प्राइमरी पाइपलाइन (३१५ मिमि/२८० मिमि (एचडिइपी) को निर्माण कार्य तेर्सो दिशात्मक ड्रिलिङग (एचडिडि) प्रविधिबाट सफलतापूर्वक सम्पन्न गरिएको र तत्कालै खानेपानी वितरण हुने अनुगमनपछि उनले भने ।
`मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गत बालुवाटार लगायतका क्षेत्रमा पाइपलाईन बिच्छाउने काम सफल भएको पाइयो । ती क्षेत्रमा अब चाडै मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएको छु,´ उनले भने ।

पाइपलाइनको दबाव परीक्षण (प्रेसर टेष्ट) को तयारी तथा कार्य सम्पन्न गर्ने चरणमा रहेको र प्रेसर टेस्ट सफलतापूर्वक सम्पन्न भएपछि डिएमए एच २, आई ३, आई ४ र आई ५ अन्तर्गतका क्षेत्रहरू बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्ण शम्शेर सडकमा मेलम्चीको पानी आपूर्ति सुरु गरिने आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिए ।

उनका अनुसार पानी बितरण पश्चात उक्त क्षेत्रका करिब ३ हजार ५०० घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?