
शव भेटिएको स्थान
५ साउन, काठमाडौं । काठमाडौंको तारकेश्वरमा आज बिहान मृत फेला परेकी महिलाको सनाखत भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार मृतक महिला धादिङको ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमती बस्दै आएकी २६ वर्षीय तिलमाया तामाङ हुन् ।
उनी आज बिहान तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानको फलामेबारमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
प्रहरीले उनका आफन्तको भनाइ उद्धृत गर्दै दिएको जानकारी अनुसार तिलमाया गएरातिदेखि हराएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4