+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘डार्क फाइल’को फेक अडियो प्रकरणका दोषी राजकुमार तिम्सिना पक्राउ

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार इटहरी–५ पचरुकीमा महिलाबीचको लेनदेन विवादमा जोडिएपछि तिम्सिना पक्राउ गरेका थिए । पक्राउ परिसकेपछि मात्रै उनको वास्तविक परिचय खुलेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १४:३४

५ साउन, विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर फेक अडियो बनाएको घटनामा मुछिएका राजकुमार तिम्सिना इटहरीबाट पक्राउ परेका छन् ।

फेक अडियो प्रकरणमा सर्वाेच्च अदालतबाट ६ महिना कैदको फैसला भएका तिम्सिनालाई आइतबार प्रहरीले इटहरीबाट पक्राउ गरेको हो । सर्वाेच्चको फैसलापछि उनी फरार थिए ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार इटहरी–५ पचरुकीमा महिलाबीचको लेनदेन विवादमा जोडिएपछि तिम्सिना पक्राउ परेका थिए । पक्राउ परिसकेपछि मात्रै उनको वास्तविक परिचय खुलेको हो ।

उनका अनुसार तिम्सिनाले सुरुमा आफ्नो नाम र ठेगाना लुकाएका थिए । ‘सुरुमा घर इलाम र थर खड्का भन्थे, नाम पनि अर्कै भने, परिचय पत्र मागेर सोधीखोजी गर्दा वास्तविक परिचय खुल्यो,’ डीएसपी भण्डारीले भने, ‘सर्वोच्चको फैसलाका कारण उहाँलाई नियन्त्रणमा राखेका छौं ।’

तिम्सिनालाई फैसला कार्यान्वयनका लागि कारागार पठाउने तयारी भइरहेको उनले बताए ।

सर्वोच्च अदालतको बृहत पूर्णइजलासले गत असोज १४ गते राजकुमार तिमल्सिनालाई ६ महिना कैदको फैसला सुनाएको थियो ।

प्रहरीका अनुसार इटहरी ५ पचरुकी चोकमा दुई महिलाबीच लेनदेनको विवाद थियो । विवाद भएको सूचनापछि पुगेको प्रहरीले घटनास्थलमा तिम्सिनालाई पनि भेटेको थियो ।

दुई महिलाबीचको विवादमा उनी पनि जोडिएपछि पक्राउ गरी प्रहरी कार्यालय ल्याएको थियो । कार्यालयमा पनि उनी फरार अभियुक्त हुन् भन्ने खुलेको थिएन । परिचय पत्र हेरेपछि मात्रै फरार अभियुक्त भएको खुलेको थियो ।

गोदाबरी-१० ललितपुर ठेगाना भएका तिम्सिना सर्वोच्चको फैसला पछि पुर्वी क्षेत्रमा थिए । प्रहरीसँगको बयानमा उनले आफू धनकुटामा बसेर काठको काम गर्दै आएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?