+
+
Shares
चाक्सीबारीमा कांग्रेस ७ नेताको गुनासो :

‘गठबन्धन सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाएन’

‘कांग्रेस-एमालेबीच गठबन्धन हुँदा संविधानको कार्यान्वयनको समीक्षा र संशोधन गर्ने सहमति थियो। साथै सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा राखेको छ। तर अहिलेसम्म महत्वपूर्ण यो कार्य अगाडि बढिराखेको छैन। त्यसलाई पनि अब अगाडि बढाउनुपर्छ’, कांग्रेस नेता सिटौलाले सञ्‍चारकर्मीसँग भने।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका ७ नेता तथा पूर्वपदाधिकारीहरूले गठबन्धन सरकारले संविधान संशोधनको विषयलाई अगाडि नबढाएको गुनासो गरेका छन्।
  • कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई संविधान संशोधनको विषयमा ध्यानाकर्षण गराएको बताए।
  • चाक्सीबारीमा भएको छलफलमा कांग्रेसका सात नेता सहभागी थिए र भोलि सभापति देउवालाई जानकारी गराउने निर्णय भएको छ।

५ साउन, काठमाडौं। नेपाली कांग्रेसका ७ नेता तथा पूर्वपदाधिकारीहरूले कांग्रेस एमाले मिलेर बनेको गठनबन्धन सरकारले संविधान संशोधन  प्रक्रियालाई अगाडि नबढाएको गुनासो गरेका छन् ।

सोमबार दिउँसो चाक्सीबारीमा भएको छलफलपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले गठबन्धन सरकारले संविधान संशोधन प्रक्रियालाई अगाडि नबढाएको गुनासो गरे ।

उनले भने, ‘कांग्रेस-एमालेबीच गठबन्धन हुँदा संविधानको कार्यान्वयनको समीक्षा गर्ने र संशोधन गर्ने सहमति थियो। साथै सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा राखेको छ। तर अहिलेसम्म महत्वपूर्ण यो कार्य अगाडि बढिराखेको छैन। त्यसलाई पनि अब अगाडि बढाउनुपर्छ।’

कांग्रेस नेता सिटौंलाले संविधान संशोधन र समीक्षा गर्ने विषयमा कांग्रेसबाट नेतृत्व गरेर सहभागी उपप्रधानमन्त्री एवं कांग्रेस उपसभापति प्रकाशमान सिंहसमक्ष ध्यानाकर्षण गराएको बताए ।

‘हामीले नेपाली कांग्रेसबाट सरकारमा नेतृत्व गर्नुभएका प्रकाशमानजी लगायत उपप्रधानमन्त्रीज्यूहरुलाई भनेका छौं। उहाँले प्रधानमन्त्री समक्ष कुरा राख्नुहुनेछ,’ उनले भने, ‘
गठबन्धनको भावना बमोजिम सरकारले जनताको हितमा व्यापक काम गर्न सकोस्, आजको हाम्रो यो मान्यता रहेको छ।’

उनले आज छलफभए भएको विषयमा भोलि पार्टी सभापति शेरबहादुर देउवालाई समेत जानकारी गराउने बताए ।

कांग्रेसका डा.शेखर कोइरालाले माओवादी अध्यक्ष प्रचण्ड र पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकोबारे सञ्‍चारकर्मीको प्रश्‍नमा सिटौलाले यो कुरा सम्बन्धित नेताहरूलाई नै सोध्दा उचित हुने जवाफ दिए ।

‘यो उहाँको कुरा हो। त्यो उहाँलाई नै सोधेको जाति हुन्छ।’ उनले भने ।

चाक्सीबारी बैठकमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजय गच्छदार, डा.शशांक कोइराला, गोपालमान श्रेष्ठ र प्रकाशशरण महत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?