+
+
Shares

इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता विवाद सुल्झियो, भोलिदेखि पढाइ हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १७:५०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता विवाद ५ साउनमा उपकुलपति कार्यालयमा भएको छलफलपछि सहमति जुटेर समाधान भएको छ।
  • सहमति अनुसार भोलिदेखि पठनपाठन पुनः सञ्चालन हुने भएको छ र शिक्षकहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।
  • संस्थानले २०८० सालको बजेट वक्तव्यबाट कटौती भएको विकेन्द्रीकरण अधिकारको विरोध गर्दै १९ असारदेखि आन्दोलन गर्दै आएको थियो।

५ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता विवाद सल्टिएको छ ।

कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा सोमबार बिहान ११ बजेदेखि ५ बजेसम्मको छलफलपछि सहमति जुटेको हो ।

उपकुलपति प्रा.डा. दीपक अर्यालले समस्याको समाधान गर्ने प्रतिद्धता जनाएपछि सहमति जुटेको पुल्चोक क्याम्पस प्रमखु सञ्जय उप्रेतीले बताए ।

‘भीसी सरले इन्जिनियरिङ अध्ययन संस्थानको अफ्ठ्यारो गाँठो फुकाउने विश्वासिलो प्रतिबद्धता जनाएपछि सहमति जुटेको हो । विद्यार्थी संगनठका प्रमुख, डिन कार्यालय, क्याम्पस र आन्दोलनतर शिक्षक बसेर सहमति भएको हो,’ उनले भने ।

सहमतिको बुँदा भने सार्वजनिक गरिएको छैन । क्याम्पस प्रमुख उप्रेतीका अनुसार उपकुलपति अर्यालले भोलि मंगलबार पत्र सर्कुलर गर्नेछन् । सहमति भएसँगै भोलिदेखि कक्षा सञ्चालन हुने भएको छ ।

‘अब पठनपाठन हुन्छ,’ प्रमुख उप्रेतीले भने । स्वायत्तताको अधिकार खोज्दै शिक्षकहरूले १९ असारदेखि आन्दोलन गर्दै आएकोमा २५ असारदेखि पठनपाठन ठप्प पारेका थिए ।

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका ५ वटा आंगिक क्याम्पस ठप्प भएका थिए । पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस, पश्चिमाञ्चल क्याम्पस र चितवन क्याम्पसको पठनपाठन सञ्चालन रोकिएको थियो ।

२०८० सालको त्रिविको बजेट वक्तव्यबाट विकेन्द्रीकरणको अधिकार कटौती भएको थियो । त्यसपछि अध्ययन संस्थानले विरोध गर्दै आएको थियो । २०५५ सालमा बनेको विकेन्द्रीकरणको नियम अनुसार संस्थान सञ्चालदन हुँदै आएकोमा २०८० सालमा त्रिविको बजेट वक्तव्यले अधिकार कटौती गरेको थियो ।

संस्थानको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि हस्तक्षेप भएको भन्दै शिक्षकहरू आन्दोलित भएका हुन् । सहमति भएसँगै शिक्षकहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

‘सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका छौं । अब पढाइ भोलिदेखि हुन्छ,’ आन्दोलन संयोजन समितिका संयोजक प्रा.डा. संगिता सिंहले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?