+
+
Shares

प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई बन्दीपुर केबुलकारको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते ८:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडले २ अर्ब ८३ करोडको २०.७० प्रतिशत सेयर आईपीओ निष्कासन गरेको छ।
  • आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका व्यक्तिलाई पहिलो चरणमा आईपीओ आवेदन खुला गरिएको छ।
  • आयोजना प्रभावितले साउन २० गतेसम्म र वैदेशिक रोजगारमा रहेका व्यक्तिले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन्।

६ साउन, काठमाडौं । बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ खुलेको छ ।  पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुलेको हो । बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोडको २०.७० प्रतिशत सेयर अर्थात् ५८ लाख ६० हजार कित्ता सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओ निष्कासन हुनेछ । जसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ६६ हजार कित्ता छुट्याइएको छ ।

आयोजना प्रभावितका रुपमा तनहुँ जिल्लाका बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नम्बर १ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिका ७ का स्थानीय पर्दछन् ।

आयोजना प्रभावित स्थानीयले छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रभावित स्थानीयले केबुलकारको कार्यालय, आँबुखैरैनी गाउँपालिका कार्यालय, भानु नगरपालिका १ कार्यालय तथा पालुङटार नगरपालिका ७ को कार्यालयमार्फत फारम लिन र तिनै कार्यालयमा पनि बुझाउन सक्नेछन् ।

त्यस्तै वैदेशिक रोजगारमा गएकालाई ५ लाख २९ हजार ४ सय कित्ता छुट्याइएको छ । वैदेशिक रोजगारमा रहेकाले छिटोमा साउन ९ गतेसम्म र सो दिनसम्म सम्पूर्ण रुपमा बिक्री नभएमा ढिलोमा २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

उनीहरूले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको मुख्य बिजनेस भनेको केबुलकार सेवा हो । बन्दीपुरमा केबुलकार व्यवसायिक रुपमा सञ्चालनमा आएको छ । केयर रेटिङ नेपालबाट बीबी रेटिङ पाएको छ । जसले दायित्व वहनमा कम्पनीलाई मध्यमस्तरको संकेत गर्दछ ।

ब्याजसहित आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड छ । गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ४१ पैसा छ ।
त्यस्तै प्रतिसेयर आम्दानी २ रुपैयाँ ८४ पैसा ऋणात्मक छ भने सञ्चित नोक्सानी १० करोड ६ लाख रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?