+
+
Shares

नबिल बैंकको ऋणपत्रमा लगानी आवेदन खुल्यो, मुद्दती निक्षेपभन्दा बढी ब्याज पाइने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते ९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नबिल बैंकले ८ वर्षे अवधिको ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदरमा लगानी आवेदन खुलेको छ।
  • ऋणपत्रमा १ हजार अंकित मूल्यका ३० लाख कित्ता निष्कासन गरिनेछ र आवेदन साउन ९ देखि २० गतेसम्म खुला रहनेछ।
  • सर्वसाधारणका लागि १२ लाख कित्ता ऋणपत्र छुट्याइएको छ र आवेदन मेरो सेयर अनलाइन प्रणालीबाट दिन सकिनेछ।

६ साउन, काठमाडौं । नबिल बैंकको ८ वर्षे अवधिको ऋणपत्रमा लगानी आवेदन खुलेको छ । यो ऋणपत्रका लगानी गर्नेले मुद्दती निक्षेपमा भन्दा बढी ब्याज पाउने छन् । नबिल बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा पाउने अधिकतम ब्याजदर हाल ५.५० प्रतिशतमा झरेको छ ।

यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याज पाउने छन् । अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने र ८ वर्षपछि साँवा फिर्ता हुने बैंकले जनाएको छ ।

‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक यस ऋणपत्रमा सर्वसाधारणले छिटोमा साउन ९ गतेसम्म र ढिलोमा २० गतेसम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

अंकित मूल्य १ हजारका दरले बैंकले ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये १२ लाख कित्ता (६० हजार सामूहिक लगानी कोषसहित) सर्वसाधारणका लागि निष्कासन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?