+
+
Shares

सिम्रन पन्तले साइन् गरिन् फिल्म ‘आ बाट आमा’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते ११:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चन्द्र पन्तले निर्देशन गर्ने फिल्म 'आ बाट आमा'को शीर्ष भूमिकामा सिम्रन पन्त अनुबन्धित भएकी छन्।
  • फिल्ममा सिम्रन पन्तले अभिनेता पल शाहसँग जोडी बाँध्नेछिन् र भारतीय अभिनेता प्रदीप रावतले पलको बुवाको भूमिका निभाउनेछन्।
  • फिल्म भदौबाट छायांकनमा जाने र आगामी फागुन १५ गते प्रदर्शनमा आउने तयारीमा छ।

काठमाडौं । चन्द्र पन्तले निर्देशन गर्ने आगामी फिल्म ‘आ बाट आमा’को शीर्ष भूमिकामा सिम्रन पन्त अनुबन्धित भएकी छन् ।

टिकटकमा कन्टेन्ट क्रिएटरको रुपमा चिनिएकी पन्तले डेब्यु फिल्म ‘होस्टेल ३’बाट चर्चा बटुलेकी थिइन् ।

सोमबार निर्मातासँग उनको लिखित सम्झौता भएको छ । फिल्ममा उनले अभिनेता पल शाहसँग जोडी बाँध्ने जनाइएको छ ।

‘आ बाट आमा’ सिम्रनको दोस्रो फिल्म हुनेछ । यसअघि यो फिल्ममा विपना थापा, भारतीय अभिनेता प्रदीप रावत अनुबन्धित छन् । रावत निर्देशक पन्तको अघिल्लो फिल्म ‘ह्रस्व दीर्घ’मा देखिएका थिए ।

यो फिल्ममा रावतले पलको बुवाको भूमिकामा अभिनय गर्ने बुझिएको छ । आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्म भदौबाट छायांकनमा जाने तयारीमा छ ।

निर्देशक पन्तका अनुसार यो फिल्म आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?