
६ साउन, काठमाडौं । नेपालमा एक वर्ष अवधिमा सवारीसाधन र त्यसको पार्टपुर्जा आयातमा १ खर्बमाथि रकम विदेशिएको छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सवारीसाधन र पार्टपुर्जा आयातमा १ खर्ब ९ अर्ब १२ करोड ११ लाख १९ हजार रुपैयाँ विदेशिएको हो ।
यस्ता वस्तु आयातबाट मात्र सरकारले ८० अर्ब ६४ करोड ४५ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो आवमा कुल १८ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जसमध्ये १ खर्बमाथिको आयात हुनेमा इन्धन, खाद्य तेल, फलाम/स्टिल, मेसिन र पार्टपुर्जा, विद्युतीय उपकरण र पार्टपुर्जा तथा सवारीसाधन र त्यसको पार्टपुर्जा छन् ।
भन्सार विभागका अनुसार यस आवमा विद्युतीय कार, भ्यान र जिपमात्र साढे १३ हजार युनिट आयात भएको छ । डिजेल इन्जिनतर्फ १५ सयदेखि २५ सय सीसी इन्जिन क्षमताका सवारीसाधन ३ सय ८० युनिट भित्रिएका छन् । यो अवधिमा हाइब्रिड सवारीसाधन ६७ वटा भित्रिएको तथ्यांक छ ।
प्रतिक्रिया 4