+
+
Shares

८ महिनामा २८ अर्बको धानचामल आयात

नेपालले २८ अर्ब २९ करोड ४० लाख रुपैयाँ बराबरको ५ लाख ६७ हजार ९ सय ३० टन (५६ करोड ७९ लाख किलो) धानचामल आयात गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १८:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष ८ महिनामा नेपालले २८ अर्ब २९ करोड ४० लाख रुपैयाँ बराबरको ५ लाख ६७ हजार ९ सय ३० टन धानचामल आयात गरेको छ।
  • गत आव २०८१/८२ को तुलनामा चालु वर्ष धानचामलको कुल आयात रकम र परिमाण दुवैमा कमी आएको छ।
  • धान आयात घटे पनि चालु वर्ष बासमती र अन्य तयारी चामलको आयात उच्च दरले बढेर १३ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ पुगेको छ।

८ चैत, काठमाडौं । चालु आर्थिक वर्ष ८ महिनामा २८ अर्ब रुपैयाँभन्दा बढीको धानचामल आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आव २०८२/८३  आठ महिना (साउनदेखि फागुनसम्म) नेपालले २८ अर्ब २९ करोड ४० लाख रुपैयाँ बराबरको ५ लाख ६७ हजार ९ सय ३० टन (५६ करोड ७९ लाख किलो) धानचामल आयात गरेको हो ।

गत आव २०८१/८२ को तुलनामा यो वर्ष धानचामलको कुल आयात रकम र परिमाण दुवैमा कमी आएको छ । गत आव २०८१/८२ को सोही अवधिमा २९ अर्ब ७ करोड ५९ लाख बराबरको ५ लाख ९१ हजार १ सय ८२ टन धानचामल आयात भएको थियो ।

समग्र हेर्दा धानचामलको कुल आयात करिब ७८ करोड रुपैयाँले घटेको देखिन्छ ।

गत वर्ष १६ अर्ब ६३ करोड ६२ लाख बराबरको ४ लाख ३६ हजार टन धान आयात भएकोमा चालु वर्ष घटेर १४ अर्ब १४ करोड ५१ लाख बराबरको ३ लाख ८४ हजार टनमा झरेको छ ।

धान आयात घटे पनि तयारी चामल (बासमती र अन्य) को आयात भने उच्च दरले बढेको छ । गत वर्ष बासमती र अन्य चामल गरी कुल १२ अर्ब ३२ करोड रुपैयाँ (१ लाख ५४ हजार टन) को चामल आयात भएको थियो ।

तर, चालु वर्ष यो बढेर १३ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ (१ लाख ७५ हजार ८ सय ४० टन) पुगेको छ । यसमध्ये ५ अर्ब ८४ करोडको बासमती चामल र ७ अर्ब ९१ करोडको अन्य चामल रहेको छ ।

गत वर्ष र यस वर्षको तथ्यांकमा सबैभन्दा ठूलो अन्तर कनिकाको आयातमा देखिएको छ । गत वर्ष जम्मा ३ करोड २६ लाख रुपैयाँ बराबरको ८ सय १४ टन कनिका आयात भएको थियो ।

तर, चालु वर्ष यो अस्वाभाविक रूपमा बढेर २८ करोड ५९ लाख रुपैयाँ बराबरको ६ हजार ९ सय ६३ टन पुगेको छ ।

स्वदेशमै धान रोप्न प्रयोग हुने बिउ आयातमा भने सामान्य वृद्धि भएको छ । गत वर्ष ७ करोड ८९ लाख रुपैयाँको १ सय ८० टन बिउ ल्याइएकोमा चालु वर्ष १० करोड ३२ लाख रुपैयाँको २ सय ७७ टन आयात भएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?