+
+
Shares

ह्वात्तै बढ्यो खरबुजाको बिउ आयात, बाहिरियो ८८ करोड

चालु आव साउन-मंसिर अवधिमा ३९ लाख ३२ हजार ८ सय ३२ किलो खरबुजाको बिउ आयात भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १९:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ को साउन-मंसिर अवधिमा नेपालले ३९ लाख ३२ हजार ८ सय ३२ किलो खरबुजाको बिउ आयात गरेको छ।
  • खरबुजाको बिउ आयातमा ८८ करोड २९ लाख ८३ हजार रुपैयाँ खर्च भएको छ।
  • सरकारले यसबाट २२ करोड ६७ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

७ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन-मंसिर) मा खरबुजाको बिउ आयात ह्वात्तै बढेको छ ।

उक्त अवधिमा खरबुजाको बिउ आयातका लागि लागि नेपालबाट ८८ करोड रुपैयाँभन्दा बढी बाहिरिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आव साउन-मंसिर अवधिमा ३९ लाख ३२ हजार ८ सय ३२ किलो खरबुजाको बिउ आयात भएको छ ।

यस अवधिमा उक्त परिमाणको खरबुजाको बिउ आयात हुँदा ८८ करोड २९ लाख ८३ हजार रुपैयाँ बाहिरिएको छ ।

यसबाट सरकारले २२ करोड ६७ लाख ८० हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।

गत आव २०८१/८२ सोही अवधिमा २ करोड ८१ लाख ९१ हजार रुपैयाँको ९४ हजार १ सय १३ किलो मात्रै खरबुजाको बिउ आयात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?