 
																						फाइल तस्वीर								
											News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आर्थिक वर्ष २०८१/८२ मा ७० करोड ७३ लाख ५३ हजार रुपैयाँ बराबरको आँप र अम्बा आयात गरेको छ।
- गत आवमा ९६ लाख ५४ हजार २ सय ९२ किलो आँप आयात हुँदा १५ करोड ५९ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
- आँपसँगै १२ लाख ९३ हजार ३ सय ८९ किलो अम्बा आयात हुँदा १ करोड ५७ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
७ साउन, काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०८१/८२ मा ७० करोड रुपैयाँभन्दा बढीको आँप र अम्बा आयात भएको छ । गएको एक वर्षमै ७० करोड ७३ लाख ५३ हजार रुपैयाँ बराबरको आँप र अम्बा नेपाल भित्रिएको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आव ६४ करोड २७ लाख ५८ हजार रुपैयाँको ९६ लाख ५४ हजार २ सय ९२ किलो आँप आयात भएको हो ।
उक्त परिमाणमा आँप आयात हुँदा भन्सार विभागले १५ करोड ५९ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
यस्तै गत वर्ष ६ करोड ४५ लाख ९५ हजार रुपैयाँको अम्बा आयात भएको छ । एक वर्ष अवधिमा १२ लाख ९३ हजार ३ सय ८९ किलो अम्बा आयात भएको तथ्यांकमा उल्लेख छ ।
यस्तै उक्त परिमाणमा अम्बा आयात हुँदा १ करोड ५७ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4