+
+
Shares

संसद्‍मा व्यङ्‍ग्य : बरु देउता भेट्न सहज छ, परराष्ट्रमन्त्री भेट्न गाह्रो छ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आम जनता पार्टीका अध्यक्ष प्रभु साहले एक वर्षदेखि युक्रेनमा फसेका रौतहटका जयप्रकाश साहको उद्धारमा कसैले चासो नदेखाएको बताएका छन्।
  • सांसद साहले परराष्ट्रमन्त्री डा. आरजु राणासँग भेट हुन नसकेको र पीडित परिवार उद्धारका लागि सरकारी कार्यालयहरू धाइरहेको बताए।
  • साहले सरकारको लापरबाहीले बिजुली झ्यापझ्याप गइरहेको भन्दै सेड्युल बनाएर बत्ती काट्न आग्रह गरे।

७ साउन, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले एक वर्षदेखि युक्रेनमा फसेका रौतहटको जयप्रकाश साहको उद्धारमा कसैले चासो नदेखाएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो विषयमा कुरा गर्न खोज्दा परराष्ट्रमन्त्री डा. आरजु राणासँग पनि भेट हुन नसकेको बताए ।

‘रौतहटको जयप्रकाश साह झन्डै एक वर्षदेखि युक्रेनमा फसेको छ । जयप्रकाश जस्तै सयौँ नेपाली युक्रेनमा फसेका छन् । त्यसलाई उद्धार गर्न कसैको वास्ता छैन । पीडितहरू सरकारी निकाय घुमिरहेका छन् । युक्रेनबाट मान्छे फर्काइदेऊ भनेर घुमिरहेका छन्,’ साहले व्यङ्‍ग्यको शैलीमा भने, ‘बरु देउता भेट्न सहज छ । तर परराष्ट्रमन्त्री भेट्न गाह्रो छ।’

पीडित परिवार उद्धारका लागि भन्दै सरकारी कार्यालयहरू धाइरहेको उनले बताए ।

साथै, सांसद साहले बत्ती झ्याप झ्याप गइरहेको भन्दै बत्ती काट्ने भए पहिलादेखि नै सेड्युल बनाएर बत्ती काट्न पनि आग्रह गरे।

‘सरकारको लापरबाहीले बिजुली बत्ती झ्यापझ्याप गइरहेको छ । कि त भन्नुपर्छ सरकारको कुनै भूमिका होइन। म्यानेजमेन्टकै भूमिका हो भने किन बत्ती गइरहेको छ। बत्ती काट्ने भए पहिलादेखि नै सेड्युल बनाएर बत्ती काट्नुस्,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?