+
+
Shares

नेपाल पुनर्बीमा र हिमालयन रिले उचाल्दा समूह सूचकले बनायो रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्य समूहको सूचक १.४४ प्रतिशत बढेर २७२७ अंकमा पुगेको छ, जुन हालसम्मकै उच्च विन्दु हो।
  • नेपाल पुनर्बीमाको सेयर मूल्य एक महिनामा ३० प्रतिशत बढेर १२१२ रुपैयाँबाट १५८६ रुपैयाँ पुगेको छ।
  • हिमालयन रिइन्स्योरेन्सको मूल्य एक महिनामा २१.८ प्रतिशत बढेर ८८३ रुपैयाँबाट १०७६ रुपैयाँ पुगेको छ।

७ साउन, काठमाडौं । दुई पुनर्बीमा कम्पनीको सेयर मूल्यमा आएको उच्च वृद्धिले अन्य समूहले रेकर्ड बनाएको छ ।

बजारका १२ समूहमध्ये अन्य समूह हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार यो समूहको सूचक १.४४ प्रतिशत बढेर २७२७ अंकमा पुगेको छ ।

अन्य समूहमा जम्मा ९ वटा कम्पनी सूचीकृत छन् । तीमध्ये नेपाल पुनर्बीमा र हिमालयन रिको मूल्य छोटो समयमै उच्च दरले बढेको छ ।

विगत एक महिनामा हिमालयन रिको मूल्य २१.८ प्रतिशत बढेको छ । एक महिनामा यस कम्पनीको मूल्य प्रतिकित्ता ८८३ रुपैयाँबाट बढेर १०७६ रुपैयाँ पुगेको छ ।

त्यस्तै नेपाल पुनर्बीमाको मूल्य एक महिनामा ३० प्रतिशत बढेको छ । १२१२ बाट बढेर १५८६ रुपैयाँ पुगेको छ । नेपाल पुनर्बीमाले पूँजीकरणका आधारमा टेलिकमलाई पछाडि पारेको छ । बीबीसीपछि नेपाल पुनर्बीमा उच्च पूँजीकरणका आधारमा दोस्रो स्थानमा छ ।

विगत एक महिनालाई हेर्दा नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार ब्रोकर नम्बर ५५, ६५, ५८, ५६, ४४ तथा ४९ बाट भएको देखिन्छ । त्यस्तै हिमालयन रिइन्स्योरेन्सको उच्च कारोबार ब्रोकर नम्बर ५८, ४५, ६५, ४९ र ३४ बाट भएको देखिएको छ ।

हाई क्याप कम्पनी भएकाले यी दुईले अन्य समूहको उतारचढावमा बढी भूमिका खेल्छन् । त्यस्तै यहीं समूहको शक्तिशाली अर्को कम्पनी नेपाल टेलिकमको मूल्य वृद्धि भने सुस्त छ । सो एक महिनामा सो कम्पनीको मूल्य ९ प्रतिशत बढेको छ । एक महिनामा कम्पनीको मूल्य ८४० बाट बढेर ९२२ रुपैयाँ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?