+
+
Shares
मधेश खडेरी :

मधेशमा सहसचिव नेतृत्वको टोली परिचालन, राहत प्याकेज तोकिने  

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १८:२२

८ साउनकाठमाडौं । सरकारले मधेश प्रदेशमा खडेरीका कारण देखापरेको समस्याको स्थलगत अध्ययन गर्न मन्त्रालय स्तरको प्राविधि टोली परिचालन गरेको छ ।

विहीबार मुख्यसचिव एकनारायण अर्यालले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै खानेपानीर्जा जलस्रोत तथा सिँचाइ र कृषि तथा पशुपन्छी मन्त्रालका सहसचिव सम्मिलित टोली समस्याग्रस्त प्रदेशमा परिचालन भसकेको जानकारी दि ।

‘अहिले सिँचाइकृषि र खानेपानी मन्त्रालयका सहसचिवको नेतृत्वको प्राविधिक टोली मधेश प्रदेशमा गसकेको छ,‘ उनले भने, ‘समस्या बढी देखिएको क्षेत्रलाई प्राथमिकतामा राखेर स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर समुदायमा नै गएर काम गर्न निर्देश गरिएको छ ।

अर्यालले थपे, कतिपय स्थानहरूमा सरकारबाटै गरिएको बोरिङबाट निकालिएको पानी पनि विभेदपूर्ण ढंगले वितरण भइरहेको छ । रिजर्भ ट्यांकीमा पानी नराख्नेसरकारले बनाएको ट्यांकीको प्रयोग नगर्नेविभेदपूर्ण ढंगले पानीको वितरण गर्ने र पानीमा सबै जनताको पहुँच छैन र केही निश्चित व्यक्तिको कब्जामा छ भन्ने रिपोर्टिङ छ ।

मुख्यसचिव अर्यालले यस्ता अभ्यासलाई निस्तेज पार्नखानेपानी सहज ढंगले पुर्‍याउन र सिँचाइ सहज ढंगले पुर्‍याउने व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई आवश्यक निर्देशन भसकेको जानकारी दिए ।

संकटग्रस्त क्षेत्र घोषणा गरेपछि स्थानीय प्रशासन ऐन बमोजिम सुरक्षा निकाय प्रयोग गरेर भएपनि नियमनको काम गरिने र समस्या समाधान गरिने मुख्यसचिव अर्यालले जानकारी दिए ।

दीर्घकालीन समस्या समाधानका लागि भने स्थानीय नदीहरूको पानी निर्मलीकरण गरी पिउनयोग्य बनाउने र सिँचाइको व्यवस्था मिलाउने ढंगको काम अघि बढाउन सम्बन्धत मन्त्रालयलाई निर्देश भएको छ, उनले भने ।

प्रतिवेदनको आधारमा राहत प्याकेज

सरकारले स्थलगत अध्ययनमा गएको प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा खडेरी प्रभावित मधेश प्रदेशका बासिन्दालाई राहत प्याकेज निर्धारण गर्ने जनाएको छ ।

प्रदेशका जिल्लाहरूमा पनि कुनै बढी र कुनै कम प्रभावित देखिएको तथा खडेरीका कारण देखापरेको विभिन्न समस्याका कारण प्रभावित हुनेहरूको प्रकृति फरक फरक रहेको मुख्यसचिव अर्यालले जानकारी दिए । स्पष्ट प्रभावितहरूको आकडा प्राप्त भएपछि प्रभावितहरूले भोगेको नोक्सानीको आधारमा राहतका प्याकेज निर्धारण गर्ने तयारी भरहेको छ,’ उनले भने । 

‘अहिले सिरहामा धेरै सुख्खा छ भन्ने छ । प्राथमिकताका आधारमा राहत तोक्नुपर्‍यो । टोलको रिपोर्ट आएपछि क्षतिको आधारमा राहत प्याकेज निर्धारण हुन्छ‘ उनले भने, अहिले सरकारको प्राथमिकता पिउने पानीको अभाव भएकालाई पानी उपलब्ध गराउनेसिँचाइ सुविधा प्रदान गरी धान रोप्ने प्रबन्ध मिलाउने रहेको छ ।

उनले थपे, त्यसपछि एककृत योजना बनाएर हामी चुरे संरक्षणमा लाग्छौँ । यसमा पनि सबै तह र तप्कालाई समन्वय र सहभागी गराएर अघि बढ्छौं ।’

प्राविधिक टोलीलाई अध्ययन गर्ने क्रममा सुख्खाग्रस्त क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिस्थानीय नागरिकउपभोक्ता समूहजिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीप्रदेश सरकारका सम्बन्धित विषगत क्षेत्र र मन्त्रालयका पदाधिकारीहरूसँग समेत समस्याको कारणसम्भावित समाधानका उपायहरू तथा स्रोत साधनको उपलब्धताविभिन्न तहका सरकारहरुको संभावित योगदान सम्बन्धमा संवाद गर्न कार्यादेश दिइएको अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?