+
+
Shares

ट्रकको ठक्करबाट बालकुमारीमा एक पैदलयात्रीको मृत्यु

रासस रासस
२०८२ साउन १० गते १८:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको बालकुमारीमा मिनी ट्रकको ठक्करबाट अन्दाजी २३ वर्षीया महिलाको मृत्यु भएको छ।
  • मृतकको परिचय खुलेको छैन, ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

१० साउन, काठमाडौं । ललितपुरको बालकुमारीमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार ललितपुर महानगरपालिका–१९ बालकुमारीस्थित सडकमा ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा ४ ख २४७७ नम्बर को मिनी ट्रकको ठक्करबाट शनिबार दिउँसो पैदलयात्री अन्दाजी २३ वर्षीया महिलाको शनिबार मृत्यु भएको हो ।

मृतकको परिचय खुलेको छैन । ठक्करबाट गम्भीर घाइते भएकी उहाँको बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र चालकलाई नियन्त्रणमा लिइएको प्रवक्ता घिमिरेले बताए ।

यता काठमाडौं ‍महानगरपालिका–२९ भद्रकालीस्थित सडकमा बा ७५प १९४४ नं को स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा स्कुटर चालक ललितपुर महानगरपालिका–१५ सातदोबाटो डेरा गरी बस्ने मकवानपुर बकैया गाउँपालिका–४ का ३८ वर्षीय रामकृष्ण बजगाईंको मृत्यु भएको छ ।

शुक्रबार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको नम्बर खुलेको छैन । चालकको खोजी जारी छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?