News Summary
Generated by OK AI. Editorially reviewed.- रुपन्देहीको तिलोत्तमामा ट्रकको ठक्करबाट २१ वर्षीय उमेश गुप्ताको मृत्यु भएको छ।
- गुप्ता मोटरसाइकलमा सवार थिए र दुर्घटना भैरहवादेखि बुटवलतर्फ आउँदै गरेको ट्रकले गरेको थियो।
- ट्रक चालक मुकेशकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
१० चैत, लुम्बिनी । रुपन्देहीको तिलोत्तमामा ट्रकको ठक्करबाट आज एक युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बुटवलका २१ वर्षीय उमेश गुप्ताको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट बुटवल उपमहानगरपालिका–६ पुरानो बसपार्क बस्ने गुप्ताको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका अनुसार भैरहवादेखि बुटवलतर्फ आउँदै गरेको ना६ख ३४३० नम्बरको ट्रकले गुप्ता सवार मधेस प्रदेश ०३–०२९प५०७६ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा घाइते गुप्ताको क्रिमसन अस्पताल मणिग्राममा उपचारका क्रममा मृत्यु भएको हो । ट्रक चालक सप्तरीको सुरुङ्गा–१ का २९ वर्षीय मुकेशकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया 4