+
+
Shares

ललितपुरको कुसुन्ती हाइटमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १२:२२

९ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिका–१३ कुसुन्तीहाइटस्थित रिङरोडमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ ।

मंगलबार बिहान पौने १० बजेति ना ६ ख ४९१७ नम्बरको ट्रकले बागमती प्रदेश–०२–०३२ प ४१७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटर चालक मोरङ घर भइ सितापाइला सिभिल होम बस्ने ३९ वर्षीया पावर्ता लुइँटेल गम्भीर घाइते भएकी थिइन् ।

उपचारका लागि पाटन अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसपी नरेश राज सुवेदीले बताए ।

ट्रक चालक धादिङको धार्के गाउँपालिका–२ का २५ वर्षीय सनम तामाङलाई नियन्त्रणमा लिएरु जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?