
११ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको विवाद चलिरहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई दिएकी छन् ।
शुक्रबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएका थिए ।
पार्टी अध्यक्ष श्रेष्ठले पोखरा महानगरपालिका–६ निवासी पार्टीका वरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएकी हुन् ।
उनले आफू अस्वस्थ रहेको भन्दै बास्तोलाई कार्यवाहकको जिम्मेवारी दिएको बताएकी छिन् ।
‘मेरो स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य सञ्चालन र महत्त्वपूर्ण निर्णय प्रक्रियामा मेरो भौतिक उपस्थिति सम्भव नदेखिएकोले पार्टीको कार्यप्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्णय गरिएको छ,’ उनले कार्यवाहक तोकिएको पत्रमा लेखेकी छिन् ।
हेर्नुहोस् पत्र :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4