
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत ‘मसुरीको दाना’ सार्वजनिक भएको छ जसमा अञ्जु पन्त र एसडी योगीको स्वर छ।
- हिमाल न्यौपानेले निर्देशन गरेको फिल्ममा भानुभक्त ढकालको कथा, पटकथा र संवाद रहेको छ र कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका छन्।
- गीतमा प्रेमिल जोडीको कथा प्रस्तुत गरिएको छ र विजय बराल, केकी अधिकारी, मिरुना मगर लगायत कलाकारलाई देख्न सकिन्छ।
काठमाडौं । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ । हर्क साउदको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ ।
सुनिल क्षेत्रीको कोरियोग्राफी गरेको गीतमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरब पहाडीलगायत कलाकारलाई देख्न सकिन्छ ।
प्रेमिल जोडीको कथा गीतमा छ । दुनियाँको मन जित्ने व्यक्ति आफ्नै व्यक्तिगत सवालमा भने कुनै टुंगो नहुने वास्तविकतासँगै गीत सुरु हुन्छ ।
टिपिकल शब्द प्रयोग गरिएको गीतमा प्रेमिकाले आफू प्रेमीका लागि योग्य रहेको बताएको छ । प्रेमीको हेराइले हुरुक्कै पार्ने गरेको प्रसंग उल्लेख गर्दै एकले अर्कोलाई जिन्दगी सँगै जिउन गरेको सल्लाह गीतमा उल्लेख छ ।
हिमाल न्यौपानेले निर्देशन गरेको फिल्ममा भानुभक्त ढकालको कथा, पटकथा र संवाद छ । फिल्मलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् । सहायक निर्देशमा मनिष राउत छन् ।
कार्यकारी निर्मातामा नारायण तिमल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन् ।
‘पूर्णबहादुरको सारङ्गी’पछि बरालको मुख्य भूमिकामा आउन लागेको यो फिल्मलाई यसवर्षको महत्वपूर्ण फिल्मको रुपमा हेरिएको छ ।
प्रतिक्रिया 4