
११ साउन, काठमाडौं । अत्यधिक गर्मी र खडेरीका कारण खानेपानीको समस्या भएका तराई-मधेशका जिल्लाहरुमा सहारा अभियानले ‘प्यासको विरुद्ध एक बोतल पानी’ अभियान सुरु गरेको छ ।
‘एक जनाले एक जनताको लागि’ नारासहित पानीका बोतलहरु तराई-मधेशका जिल्लाहरुमा पठाउने अभियान थालिएको हो ।
सहाराका अभियान्ता प्रकाश पौडेलका अनुसार यो अभियान अन्तर्गत चितवनबाट आज एक सय कार्टुन पिउने पानी वीरगञ्ज पठाइएको छ ।
‘यस विषम् परिस्थितिमा हामी मध्ये जो जहाँ छौं, त्यहाँबाट छुट्ने सवारी साधन (बसहरु, ट्रकहरु आदि) मा पानीका बोतलहरु भरेर पठाउन सक्यौं भनेर, प्यासले छटपटाइरहेका दाजुभाइ दिदीबहिनीहरुलाई थोरै राहत मिल्नेछ’, यो अभियानले आह्वा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4