
News Summary
Generated by OK AI. Editorially reviewed.- साउन ७ गते सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको थियो र चार दिनमा ४ हजार रुपैयाँ घटेर १ लाख ९३ हजार ६ सय रुपैयाँमा आएको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारको तुलनामा सोमबार सुनको भाउ स्थिर भएको जनाएको छ।
- चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेर २२९० बाट २२९५ रुपैयाँ पुगेको छ।
१२ साउन, काठमाडौं । चार कारोबार दिनमा सुन प्रतितोला ४ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ७ गते एक लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको सुन घटेर अहिले १ लाख ९३ हजार ६ सय रुपैयाँमा कायम भएको छ ।
आइतबार र सोमबार यहीं मूल्यमा सुनको कारोबार भएको महासंघले जनाएको छ । सोमबार सुनको भाउ अघिल्लो दिनको तुलनामा स्थिर भएको हो । वैशाख ९ गते हालसम्मकै उच्च प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदी भने तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२९० रुपैयाँमा कारोबार भएको चाँदी आज २२९५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4