+

डाना कप विजेता नेपाली यू-१४ टोलीलाई एन्फाको स्वागत तथा सम्मान

२०८२ साउन  १२ गते १३:२८ २०८२ साउन १२ गते १३:२८
डाना कप विजेता नेपाली यू-१४ टोलीलाई एन्फाको स्वागत तथा सम्मान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डेनमार्कमा सम्पन्न डाना कप २०२५ को बी-फाइनलमा नेपाली यू-१४ टोलीले केन्यालाई ३–१ ले पराजित गर्दै उपाधि जितेको थियो।
  • अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार उक्त टोलीलाई सम्मान गरेको छ।
  • एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले टोलीलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काउने प्रयासको प्रशंसा गरेका थिए।

१२ साउन, काठमाडौं । डेनमार्कमा सम्पन्न डाना कप २०२५ को बी-फाइनलमा ऐतिहासिक उपाधि जितेको नेपाली यू-१४ टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार सम्मान गरेको छ।

गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपालको संयुक्त टोलीले केन्यालाई ३–१ ले पराजित गर्दै डाना कपको उपाधि जितेको थियो।

एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले खेलाडी तथा टिम अधिकारीहरूलाई बधाई दिँदै सम्मान गरेका थिए।

उनीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काउने टोलीको प्रयासको प्रशंसा गर्दै भविष्यमा अझ उच्च सफलता प्राप्त गर्न शुभकामना दिएका थिए।

एजी टेन टोलीको सहभागिता रहेको यस जितलाई नेपाली यूवा फुटबलको महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।

डाना कप २०२५

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय