+
+
Shares

एनआरएनए यूकेमा पुडासैनीको नेतृत्वमा नयाँ टिम

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १३:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनआरएनए यूकेमा राजेन्द्र पुडासैनीको अध्यक्षतामा १२औं कार्यसमितिको अनलाइन निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ।
  • नवनिर्वाचित कार्यसमितिले आइतबार शपथग्रहण गरी पदभार ग्रहण गरेको छ।
  • पुडासैनीले संघलाई साझा संस्था बनाउँदै जवाफदेही र एकताबद्ध एनआरएनए यूके बनाउने अठोट व्यक्त गरेका छन् ।

१२ साउन, लन्डन । एनआरएनए यूकेमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अनलाइन निर्वाचनबाट राजेन्द्र पुडासैनीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

नवनिर्वाचित १२औं कार्यसमितिले आइतबार शपथग्रहण तथा पदभार ग्रहण गरेको छ ।

अनलाइन निर्वाचनबाट चुनिएका अध्यक्षसहित खुला उपाध्यक्ष, उपाध्यक्ष (स्कटल्यान्ड), महासचिव, सचिव, आईसीसी सदस्य र इङ्ग्ल्यान्ड राज्य परिषद अध्यक्षसहित जम्मा ७ पद तथा यसअघि नै निर्विरोध सिंगो कार्यसमितिको शपथग्रहण गराइएको हो ।

निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिम्खडाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई शपथग्रहण गराएका थिए ।

पुडासैनी नेतृत्वको नवनिर्वाचित कार्यसमितिको खुला उपाध्यक्षमा डा. रक्षा थापा र उज्ज्वल कार्की तथा स्कटल्यान्ड क्षेत्रबाट रामप्रसाद कँडेल, वेल्स क्षेत्रबाट कृष्ण भण्डारी एवं नर्दन आयरल्यान्ड क्षेत्रबाट लिलाराम निउरे उपाध्यक्ष बनेका छन् । महिला उपाध्यक्ष कमला श्रेष्ठ र महासचिवमा दिवाकार पाण्डे निर्वाचित भए ।

सचिवमा डिएन खराल र कृष्ण देवकोटा, महिला सचिवमा छमकला न्यौपाने पोखरेल, कोषाध्यक्षमा सरोज थापा, सहकोषाध्यक्ष दीपक तिमल्सिना, महिला संयोजकमा बिनु लामिछाने र युवा संयोजकमा वासुदेव पोखरेल निर्वाचित भएका छन् ।

त्यसैगरी, कार्यसमिति सदस्यमा लोकनाथ अधिकारी, गोपीप्रसाद सापकोटा, दीपक गैरे, विष्णुभक्त भट्टराई, दुर्गाप्रसाद काफ्ले, बालकृष्ण भुषाल, दिनेश परियार, मोहन ओली, शिवकान्त खराल, झपेन्द्र सापकोटा र प्रमोद भण्डारी छन्।

बेलायतबाट प्रतिनिधित्व गर्ने आईसीसी सदस्यहरूमा विष्णु खरेल, तुंगभद्र भुषाल र छविलाल अर्याल निर्वाचित भएका छन् ।

राज्य समन्वय परिषदअन्तर्गत इंग्ल्यान्डमा राममाया विष्ट, स्कटल्यान्डमा शेर केसी, वेल्समा विकास रानाभाट र नर्दन आयरल्यान्डमा पूर्णेश्वर कँडेलको नेतृत्वमा कार्यसमिति निर्वाचित भए ।

पुडासैनीले सबैको साझा संस्थाका रुपमा संघलाई रुपान्तरण गर्ने अठोट व्यक्त गरेका छन् । सबैले ‘फिल’ गर्न सक्ने जवाफदेही र एकताबद्ध एनआरएनए यूके बनाउने दाबी गर्दै उनले नकारात्मक रूपमा मात्र प्रस्तुत नहुन समुदायसमक्ष अपिल गरे ।

एनआरएनए यूकेमा प्रेम गाहामगर नेतृत्वको अर्को कार्यसमिति समेत क्रियाशील छ । गाहामगर समूह डा. शेष घले पक्षको मानिन्छ भने पुडासैनी डा. बद्री केसी समूहका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?