
News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२५ को डिसेम्बर १९ मा हलिउड फिल्म 'अवतार ३' विश्वभर रिलिज हुने तयारीमा छ।
- 'अवतार ३' को ट्रेलर सोमबार बेलुका इन्टरनेटमा सार्वजनिक भएको छ।
- यो फिल्म जेम्स क्यामरुन निर्देशित छ र काल्पनिक पाण्डोरा ग्रहको कथा भन्छ।
काठमाडौं । सन् २०२५ को बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’को ट्रेलर सार्वजनिक भएको छ । तेस्रो श्रृंखलाको नाम राखिएको छ- अवतार : फायर एण्ड एस ।
हलमा शुक्रबार नै ट्रेलर रिलिज भएपनि इन्टरनेटमा भने सोमबार बेलुका मात्र रिलिज भएको हो ।
‘अवतार ३’ डिसेम्बर १९, २०२५ मा विश्वभर रिलिज तयारीमा छ । जेम्स क्यामरुन निर्देशित यो फिल्मले काल्पनिक पाण्डोरा ग्रहको कथा भन्छ । विज्ञान कथामा आधारित यो फिल्मको तेस्रो श्रृंखलामा उक्त ग्रहका दुई आदिवासी जातीलाई चित्रण गरिएको छ भने ज्वालामुखी पनि देखाइएको छ ।
फिल्मको शीर्ष भूमिकामा साम वर्थिङ्टन, जोय साल्दाना लगायतको अभिनय छ ।
‘अवतार’को पहिलो र दोस्रो श्रृंखला विश्व फिल्म इतिहासमा अहिलेसम्म सर्वाधिक कमाउने शीर्ष ५ को सूचीमा सामेल छन् । सन् २००९ मा रिलिज भएको पहिलो भागले विश्वभर २.९२४ बिलियन डलर ग्रस कमाएको छ ।
सन् २०२२ मा रिलिज भएको दोस्रो श्रृंखला ‘अवतार : द वे अफ वाटर’ले २.३२० बिलियन डलर कमाएको छ । तेस्रो श्रृंखलालाई फ्रेन्चाइजीकै अन्तिम बताइएको छ ।
प्रतिक्रिया 4