+
+
Shares

रसुवा बाढीले त्रिशुली-३ बी हब सबस्टेसनमा थप क्षति

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको २२० केभी त्रिशुली-३ बी हब सबस्टेसनमा पुनः क्षति पुर्‍याएको छ।
  • बाढीले सबस्टेसनको पर्खाल लच्किएर बगाएको र बाढी पस्नसक्ने अवस्था देखिएको प्रवक्ता राजन ढकालले बताए।
  • रसुवा र नुवाकोटको नदी किनार डुबानमा परेको र चीनले मितेरी पुल निर्माण काम बन्द गरेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।

१४ साउन, काठमाडौं । रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको २२० केभीको त्रिशुली-३ बी हब सबस्टेसनमा पुनः क्षति पुर्‍याएको छ ।

अघिल्लोपटकको बाढीले पनि यो सबस्टेसनमा ठूलो क्षति पुगेको थियो । सबस्टेसनमा लगाइएको पर्खाल बाढीका कारण लच्किएको र त्यो बगाएको अवस्थामा सबस्टेसनमा बाढी पस्नसक्ने अवस्था देखिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए ।

अन्य प्लान्टहरुमा भने क्षति नभएको उनले बताए । तर बाढीले बाटो बगाएको हुँदा पुनर्निर्माणको काम प्रभावित हुने प्रवक्ता ढकालले जनाएका छन् ।

भोटेकोशीमा फेरि पनि ठूलो बाढी आउँदा रसुवा र नुवाकोट जिल्लाका नदी किनारको क्षेत्र डुबानमा परेको छ । बाढीले नुवाकोट र रसुवाको सिमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

नयाँ बाढीका कारण गत असार २५ गते आएको बाढीले बगाएको नेपाल–चीन मितेरी पुल रहेको क्षेत्रमा चीनले थालेको निर्माणको काम बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?