+
+
Shares

सरकारमा अस्थिरता बढेकैले कांग्रेस-एमालेले ७ बुँदे सहमति गरेका हुन् : उपप्रधानमन्त्री सिंह

पहिलेजस्तो अहिले राजनीति गरेकै आधारमा जेल जानु पर्ने र केही कुरा गुमाउने अवस्था नरहेको सिंहले बताए । 

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते १३:२२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र नेपाली काँग्रेसबीच सात बुँदे सहमति भएर राजनीतिक अस्थिरता रोकिएको बताएका छन्।
  • सिंहले ६ महिनामा सरकार परिवर्तन हुने अस्थिरता तोडेर वर्तमान गठबन्धन सरकार अघि बढेको तर्क गरे।
  • उनले जनताको अधिकार पुनर्वहाली गर्न राजनीतिमा लागेको र कांग्रेसलाई व्यवस्थित गरेर अघि लैजानुपर्ने बताए।

१५ साउन, काठमाडौ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक अस्थिरता रोक्न नेकपा एमाले र नेपाली काँग्रेसबीच सात बुँदे सहमति भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन सिंहले सरकारमा अस्थिरता बढेको र सुशासन कायम हुन नसकेको जनगुनासोपछि स्थायित्व, स्थिरता र सुशासन दिनका लागि जनताको मागअनुसार दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताएका हुन् ।

‘हामी जनतालाई अधिकार दिनका लागि राजनीतिमा आएको हो । केही प्राप्त होला, उपप्रधानमन्त्री, मन्त्री, सांसद बनौँला भनेर पार्टीमा लागेको होइन’ उनले भने, ‘जनताको अधिकार खोसिएको छ, त्यसको पुनर्वहाली गर्न ज्यान समर्पण गर्नपरे पनि गर्ने भनेर राजनीतिमा लागेका हौँ ।’

पहिलेजस्तो अहिले राजनीति गरेकै आधारमा जेल जानु पर्ने र केही कुरा गुमाउने अवस्था नरहेको सिंहले बताए ।  उनले थपे, ‘पहिला त जेल जानुपर्ने, पुलिसको लाठी खानुपर्ने, निर्वासित जीवन बिताउनुपर्ने, परिवारसँग अलग भएर बस्नुपर्ने, परिवारको अवस्था नाजुक हुने थियो ।’

मन्त्रिपरिषद् हेरफेर हुने चर्चा भइरहेको बेला सिंहले ६/६ महिनामा सरकार परिवर्तन हुने अस्थिर बाटोलाई तोडेर सरकार अघि बढेको तर्क गरे ।

उनले गत निर्वाचन सकिनासाथ सरकारमा नहुँदा काँग्रेसीजनमा कस्तो भएको थियो भन्ने विचार गर्न पनि सचेत गराए ।

‘सरकारमा खाली मन्त्री, उपप्रधानमन्त्री हुन मात्रै गएका होइनौँ । सात बुँदे जुन समझदारी बनेको छ, त्यो त्यसै सितिमिति कम आंकलन नगरौँ,’ उनले भने, ‘राजनीतिक स्थिरता ल्याउनका लागि देशको ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले मिलेर अरू दलहरूलाई पनि समेटेर यो वर्तमान गठबन्धन सरकार चलिरहेको छ । नत्र ६ महिनामा त सरकार परिवर्तन भइरहन्थ्यो ।’

उनले थपे ‘जनताले सरकारको बनेदेखि दिनगन्ती सुरु हुन्छ । सरकारले के काम गर्दछ ? भन्न थाले । स्थिरता र स्थायित्व चाहियो भनेपछि अहिलेको गबठन्धनको आवश्यकता भएर बनेको हो ।’

उपप्रधानमन्त्री सिंहले नेपाली कांग्रेसलाई व्यवस्थित गरेर अघि लैजानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?