 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानले चीनको सिचाङ स्याटेलाइट लञ्च सेन्टरबाट नयाँ रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण गरेको छ।
- पाकिस्तानको परराष्ट्र मन्त्रालयले उपग्रहले सहर योजना, सडक विकास, प्राकृतिक प्रकोप सामना, कृषि निगरानी र जलवायु परिवर्तनमा मद्दत गर्ने जनाएको छ।
- यस उपग्रहलाई पाकिस्तानको सुपार्को र चीनका कम्पनीहरू सीईटीसी र माइक्रोस्याटले मिलेर विकास गरेको छ।
१५ साउन, काठमाडौं । चीनको सिचाङ स्याटेलाइट लञ्च सेन्टरबाट पाकिस्तानले आफ्नो रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण गरेको छ ।
पाकिस्तानको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यसबारे जानकारी दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यो उपग्रहले उच्च गुणस्तरका तस्बिरहरू पठाउनेछ, जसले पाकिस्तानलाई सहर योजना बनाउन, सडक तथा भवनको विकास गर्न, प्राकृतिक प्रकोपहरूको सामना गर्न, कृषि निगरानी गर्न तथा जलवायु परिवर्तन बुझ्न जस्ता क्षेत्रमा मद्दत पुर्याउनेछ ।’
विज्ञप्तिअनुसार यो उपग्रह पाकिस्तानको अन्तरिक्ष संस्था सुपार्कोले चीनका कम्पनीहरू सीईटीसी र माइक्रोस्याटसँग मिलेर विकास गरेको हो ।
विज्ञप्तिमा यस उपग्रहको उद्देश्य देशको विकासलाई अगाडि बढाउने र जनताको जीवनस्तरमा सुधार ल्याउनु रहेको उल्लेख गरिएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4