 
																			१५ साउन, काठमाडौं । सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ ।
बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघिमात्रै सकिएको हो ।
बैठकमा संसद्मा विचाराधीन विधेयकहरू, कानुन संशोधनका विषयहरूबारे महान्यायाधिवक्ता रमेश बडालसँग छलफल भएको जनाइएको छ ।
स्रोतका अनुसार, आजको बैठकमा विशेषगरी कानून संशोधनकै विषयमा केन्द्रित भएर नेताहरूबीच छलफल भएको हो ।
मन्त्रिपरिषद् हेरफेरबारे भने बैठकमा छलफल नभएको स्रोतले बतायो ।
‘मन्त्रिपरिषद् हेरफेरबारे आजको बैठकमा कुनै छलफल नै भएन,’ कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने, ‘आजको बैठकमा मन्त्री हेरफेरको एजेन्डा पनि थिएन । विधेयकबारे छलफल गर्नुपर्ने भएकाले नै महान्यायाधिवक्ता समेतलाई बोलाइएको हो ।’
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महान्यायाधिवक्ता बडाल सहभागी थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4