 
																						प्रतिकात्मक तस्वीर								
											१५ साउन, बुटवल । कपिलवस्तुमा नुहाउन गएका दुई बालकको खोलामा डुबेर मृत्यु भएको छ ।
बिहीबार साँझ कपिलवस्तु नगरपालिका-१० स्थित बिकुली खोलामा नुहाउने क्रममा बाणगंगा नगरपालिका-५, कोपवाका ११ वर्षीय वापस चौधरी र १० वर्षीय निशान चौधरीको मृत्यु भएको हो ।
खोलामा नुहाउने क्रममा बिहीबार साँझ उनीहरुको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए ।
घटनालगत्तै स्थानीय र प्रहरीको सहयोगमा दुवै जनाको शव निकालिएको प्रहरी निरीक्षक जिसीले बताए । प्रहरी निरीक्षक जिसीका अनुसार मृतक दुवै किशोरको शव पोस्टमार्टमका लागि पिपरा अस्पताल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4