+
+
Shares

पाकिस्तानमा इमरान खानको पार्टीका १०८ सदस्यलाई जेल सजाय

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते १४:०९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तान सरकारले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ सदस्यलाई सेनाविरुद्धको विरोध प्रदर्शनमा भाग लिएको आरोपमा जेल सजाय सुनाएको छ।
  • सन् २०२३ को मे महिनामा इमरान खानलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो र त्यसपछि देशभरि हिंसात्मक प्रदर्शन भएका थिए।

काठमाडौं । पाकिस्तान सरकारले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ जना सदस्यलाई जेल सजाय सुनाएको छ ।

उनीहरूलाई सन् २०२३ मा सेनाविरुद्धको विरोध प्रदर्शनमा भाग लिएको आरोप लगाइएको छ ।

सन् २०२३ को मे महिनामा सुरक्षा बलले भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेको थियो । जसको विरोधमा देशभरि हिंसात्मक प्रदर्शन भएका थिए ।

बिहीबार आएको यो फैसलाले इमरान खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) लाई ठूलो झट्को लागेको मानिएको छ ।

सजाय सुनाइएकाहरूमा पाकिस्तानको राष्ट्रिय सभाको विपक्षी नेता उमर अयुब खान पनि रहेका छन्, जसलाई १० वर्षको जेल सजाय सुनाइएको थियो ।

विपक्षी दलका नेताहरूले भने आतंकवाद विरोधी अदालतको निर्णयको निन्दा गरेका छन् । यो फैसलामार्फत पीटीआईका ६ जना सांसदलाई पनि अयोग्य घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?