+

एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशालाई कांस्य

२०८२ साउन  १६ गते १६:३८ २०८२ साउन १६ गते १६:३८
एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशालाई कांस्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पलेशा गोवर्धनले दशौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेकी छन्।
  • पलेशाले उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी कांस्य पदक जितेकी हुन्।
  • प्रतियोगितामा पलेशासहित पाँच नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

१६ साउन, काठमाडौं । पलेशा गोवर्धनले दशौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा शुक्रबार कांस्य पदक जितेकी छन् ।

मलेसियाको कुचिङमा भएको प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता पलेशाले के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी कांस्य जितेको प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यतैबाट प्रतियोगितामा सहभागी हुन मलेसिया पुगेकी थिइन् ।

जुलाइ २४ देखि अगष्ट १ तारिखसम्म भएको प्रतियोगितामा पलेशासहित ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष ५८ केजीमुनि भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोन तथा महिला ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले प्रतिस्पर्धा गरेका थिए ।

बटोलीको व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठ रहेका छन् ।

पलेशा गोवर्धन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय