+
+
Shares

चक्रे मिलन पक्राउ प्रकरण: मध्यराति समातिएका २८ जना छुटे, १९ जनालाई म्याद थप्न लगियो

चक्रे मिलनसहित १९ जनालाई भने अभद्र व्यवहारको कसुरमा थप अनुसन्धानका लागि म्याद लिन पठाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते १७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुण्डा नाइके चक्रे मिलनको जन्मदिन पार्टीमा पक्राउ परेका २८ जनालाई प्रहरीले छाडेको एसपी कुलदिप चन्दले जानकारी दिएका छन्।
  • चक्रे मिलनसहित १९ जनालाई अभद्र व्यवहारको कसुरमा थप अनुसन्धानका लागि म्याद लिन पठाइएको छ।
  • पक्राउ परेकामध्ये केही होटलका ग्राहक र असंलग्न व्यक्ति रहेको प्रहरीले जनाएको छ।

१६ साउन, काठमाडौं । गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पाटी मनाउँदा गएराति पक्राउ परेकामध्ये २८ जना छुटेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा समातिएकामध्ये उनीहरुलाई छाडिएको एसपी कुलदिप चन्दले बताए ।

उनका अनुसार, चक्रे मिलनसहित १९ जनालाई भने अभद्र व्यवहारको कसुरमा थप अनुसन्धानका लागि म्याद लिन पठाइएको छ ।

पहिलो पटक अभद्र व्यवहारको कसुरमा अनुसन्धान भएकाहरुको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ । म्याद थप्न लगिएकाहरुमा गणशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का छन् ।

त्यस्तै, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही छन् ।

मध्यराति जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरुलाई समातेको थियो । पक्राउ परेका अन्य कोही होटलमा आएका ग्राहक समेत भएको पाइएको र कतिपय असंलग्न व्यक्ति भएको पाइएको प्रहरीको भनाइ छ ।

‘विभिन्न प्रकृतिका मानिसहरु पक्राउ परेका थिए, त्यसमध्ये स्क्रिनिङ गरेर अरुलाई छाडिएको हो’, एसपी चन्दले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?